पीपीएल: पोखरा पल्टनको १५१ रन पछ्याउदै बुटवल ब्लास्टर (लाइभ)

पीपीएल: पोखरा पल्टनको १५१ रन पछ्याउदै बुटवल ब्लास्टर (लाइभ)


पोखरामा जारी पोखरा प्रिमियर लिग(पीपीएल) अन्तर्गत बुटवल ब्लास्टरले पोखरा पल्टनलाई १ सय ५१ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बुटवलले निर्धारित २० ओभरमा ७ विकेट गुमाउंदै १ सय ५० रन बनाएको हो ।

बुटवलका रोहन मुस्तफा र भीम सार्कीले उत्कृष्ट पारी खेले भने ओपनर चिराग सुरी र सागर पुनले राम्ररी खेल्न सकेनन  । रोहनले ३५ बलमा ४५ रन बनाए भने भीमले ४६ बलमा ५४ रन बनाए । सिद्धान्त लोहनीले ११ बलमा १३ रन साथै सोमपाल कामीले ८ बलमा २२ रन बनाए ।

पोखराका मोहम्मद नाभेदले अन्तिम ओभरमा नै तीन विकेट लिए । साथै महबुब आलम, ललित राजबंशी, शरद भेषावकरले एक/एक विकेट लिए ।

अहिले पोखराले जवाफी ब्याटिङ गरिरहेको छ ।

यस अघि भएको खेलमा शरद भेषावकरको कप्तानीमा रहेको पोखराले सन्दीप लामिछानेले कप्तानी गरेको विराटनगर टाइटन्सलाई ५८ रनले पराजित गरेको थियो भने सोमपाल कामीको टिम बुटवल ब्लास्टरले पारस खड्काको टिम चितवन् राईनोजलाई ७० रनले पराजित गरेको हो । आजै भएको पहिलो खेलमा एक्स्पर्ट धनगढी ब्लुजले विराटनगर टाइटन्सलाई ७८ रनको फराकिलो अन्तरले पराजित गरेको थियो ।

६ टिमको सहभागिता रहेको यो प्रतियोगिता कार्तिक २० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विराटनगर टाईटन्स, चितवन राईनोज, पोखरा पल्टन, बुटवल ब्लास्टर, काठमाडौं रोयल्स र एक्स्पर्ट धनगढी ब्लुज रहेका छन् ।

 विजेताले नगद २७ लाख र उपविजेताले १० लाख प्राप्त गर्नेछन् ।

Logo