बीमा समितिले सहायक प्रथमदेखि निर्देशक पदको लागि आबेदन खुला गरेको छ ।
समितिले निर्देशक, उप निर्देशक र सहायक निर्देशक आन्तरिक प्रतियोगिता मार्फत छनौट गर्ने गरी १६ जना कमृचारी माग गरेकाे हाे । उप निर्देशक पदमा कानून अधिकृत १ जना, प्रसाशन तर्फ सहायक निर्देशक पदमा खुला २ जना, महिला, मधेसी र दलित १ जनाको लागि विज्ञापन गरेको छ । खुला र महिला १/१ जना चार्टर एकाउन्टेन्ट पदमा लेखा अधिकृत माग गरेको छ ।
त्यस्तै गरि कानून तर्फ सहायक निर्देशक पदको लागि खुला महिला र दलित १ जनाको विज्ञापन गरेको छ । जसका लागि कानून विषयामा कम्तिमा स्नाकोत्तर तहको उपाधि प्राप्त गरेको हुनुपर्ने छ । सहायक प्रथाम तर्फ खुला र दलितको लागि १ /१ जनाको विज्ञापन गरेको छ । जसमा आवेदन दिनको लागी कुनै पनि विषयमा कम्तिमा स्नातक उपाधि पाएको हुनुपर्ने समितिले जनाएको छ ।
यी पदहरुमा आवेदन दिनका लागि मङ्सिर ८ गतेसम्म म्याद तोकिएको छ भने दोब्बर दस्तुर तिरेर मङ्सिर १५ सम्म आवेदन दिन सकिने समितिले जनाएको छ ।
प्रतिक्रिया