पाँचथर

नेपालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ । सिक्किम सरकारले नेपाल–भारत सिमाना चिवाभञ्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो । "/>

सडकले जोडिँदै नेपाल–सिक्किम : करिब ७० प्रतिशत काम सकियो

सडकले जोडिँदै नेपाल–सिक्किम : करिब ७० प्रतिशत काम सकियो


पाँचथर

नेपालसँग स्थलमार्गबाट जोडिन सिक्किम सरकारले सडक निर्माण तीव्र पारेको छ । सिक्किम सरकारले नेपाल–भारत सिमाना चिवाभञ्याङसम्म सडक निर्माणको काम अघि बढाएको हो । डिसेम्बरसम्म यो सडक निर्माण सक्ने योजना छ ।

पुष्पलाल (मध्य पहाडी ) लोकमार्गको सुरु बिन्दु नेपाल–भारत सिमाना चिवाभञ्याङसम्म सडकले जोड्ने सिक्किम सरकारको योजना छ । सिक्किमको दक्षिणी उत्तरे बजार नजिकैको सोकपाखा भन्ने ठाँउबाट नेपालको चिवाभञ्याङसम्म सडक बनाउन लागिएको हो । डिसेम्बर भित्र यो सडक उद्घाटन गर्ने गरी काम भइरहेको झाँक्रीढुंगाका समाजिक अगुवा अशोक क्षेत्रीले जानकारी दिए । करिब ७० प्रतिशत काम सकिएको उनले बताए । सीमा राजमार्गको गुणस्तरमा काम भइरहेको उनले बताए ।

पर्यटनलाई प्राथमिकतामा राखेर यो सडक निर्माण अघि बढाइएको केही साता अघि सिक्किम सरकारका खाद्य तथा नागरिक आपूर्ति विभाग र सहरी विकास तथा आवास विभागमन्त्री एन. के सुब्बाले बताएका थिए । डिसेम्बरसम्म चिवाभञ्याङलाई सडकले जोड्ने योजना उनले सुनाएका थिए । नेपालसँग सिक्किम प्रान्तको पहिलोपल्ट सडक सम्बन्ध स्थापना हुन लागेको हो । नेपाल र भारतको सिक्किम प्रान्तबीच ९९ किलोमिटर साझा सिमाना पर्छ । अहिलेको काम हेर्दा निर्धारित समयमा काम सकिने र मुख्यमन्त्रिको उपस्थितिमा सडक उद्घाटन गर्ने तयारी भएको उनले बताए । यो सडक बनेपछि नेपाल र सिक्किमबीच पर्यटन विकास गर्न सहयोग पुग्ने दाबी क्षेत्रीको छ ।

२४ करोड ३८ लाख ४ हजार भारतीय रुपैयाँ लागतमा सडक निर्माण सम्पन्न गर्ने योजना छ । सोकपाखाबाट १८ किलोमिटर सडकले नेपालको चिवाभञ्याङ जोड्न लागिएको हो ।
नागरिकबाट

Logo