काठमाडौं । थारु कल्याणकारिणी सभाले टिकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्न पहल गर्ने भएको छ । २२ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले टिकापुर घटना समाधान गर्न पहल गर्ने निर्णय गरेको छ । "/>

टिकापुर घटनाको समाधान गर्न थारु कल्याणकारिणी सभाले पहल गर्ने

टिकापुर घटनाको समाधान गर्न थारु कल्याणकारिणी सभाले पहल गर्ने


काठमाडौं । थारु कल्याणकारिणी सभाले टिकापुर घटनालाई राजनीतिक रुपमा समाधान गर्न पहल गर्ने भएको छ । २२ औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वले टिकापुर घटना समाधान गर्न पहल गर्ने निर्णय गरेको छ ।

सभाका केन्द्रीय सदस्य कर्णलाल चौधरीले २०७२ भदौ ७ गते भएको टिकापुर घटनालाई राजनीतिक कोणबाट सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् ।

‘घटनामा संलग्नको आरोपमा जनमतसहित निर्वाचित सांसद रेशमलाल चौधरी, त्यस्तै ४ वर्षदेखि अर्ध–भूमिगत रहनुभएका यस सभाका अध्यक्ष धनिराम चौधरीलगायत तीनसय बढि नेता कार्यकर्तालाई अनाहकमा मुद्दा लगाएर जेलमा हाल्ने काम भएको छ,’ उनले भने, ‘निःशर्त रुपमा जेलमा रहेका सबै थारु नेता कार्यकर्ताको रिहाईको लागि सरकारसँग माग गर्दछु ।’

Logo