काठमाडौं

 


नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चार दिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन् । "/>

नेताहरु किन जाँदैछन् लर्को लागेर विदेश भ्रमणमा ? ( को नेता कहाँ गए / जाँदैछन् ? )

नेताहरु किन जाँदैछन् लर्को लागेर विदेश भ्रमणमा ? ( को नेता कहाँ गए / जाँदैछन् ? )


काठमाडौं

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल चार दिने चीन भ्रमण सकेर बुधबार राति स्वदेश फर्किएका छन् । भदौ ३० गते चीन गएका दाहाल स्वदेश फर्किए पनि प्रधानमन्त्री केपी शर्मा ओली सहितका नेता विदेश जाने तयारीमा छन् । प्रधानमन्त्री ओली असोज ६ गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जाँदैछन् । उनीसँगै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली पनि अमेरिका जाँदैछन् । प्रधानमन्त्री ओलीले असोज ११ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

 

उपराष्ट्रपति नन्दबहादुर पुन पनि बुधबार चीन गएका छन् । उपराष्ट्रपति पुन ‘१७ औं पश्चिम चीन अन्तर्राष्ट्रिय मेलामा सहभागी हुन चीन गएका हुन् । उनी ८ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेकपाका नेता माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि अहिले विदेश भ्रमणमा छन् । नेकपाका सचिवालय सदस्य समेत श्रेष्ठ चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भदौ २९ गते त्यसतर्फ गएका हुन् । उनको टोली फर्केको छैन । नेता नेपाल साताव्यापी विदेश भ्रमणका क्रममा बुधबार घानातर्फ लागेका हुन् । उनीसँगै नेकपा स्थायी समिति सदस्य पम्फा भुसाल पनि गएकी छिन् । घानाको सोसलिस्ट पार्टीले आयोजना गर्न लागेको कार्यक्रममा सहभागी हुन त्यसतर्फ लागेका नेपाल र भुसाल ९ गते स्वदेश फर्कनेछन् ।

 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल दुई साता लामो युरोप भ्रमणमा छन् । पार्टीका जनसम्पर्क समितिको कार्यक्रममा सहभागी हुन युरोप गएका पौडेल ११ गते स्वदेश फर्कने कार्यक्रम छ ।

 

त्यस्तै नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराई अमेरिका भ्रमणमा छन् । एक महिना लामो भ्रमणका लागि उनी पत्नी हिसिला यमी सहित अमेरिका गएका हुन् । प्राज्ञिक भ्रमण भन्दै अमेरिका भ्रमणमा निस्केका भट्टराई २२ गते स्वदेश फर्कनेछन् । परराष्ट्रमन्त्री ज्ञवाली पनि विदेश भ्रमणमा छन् । उनी भियनामा हुने आइएइएको महासभामा भाग लिन त्यता गएका हुन् । असोज ५ मा नेपाल फर्कने उनी ६ गते प्रधानमन्त्री ओलीको टोलीसँगै अमेरिका जानेछन् ।

 

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित ६ दिने विदेश भ्रमणका लागि चीन गएका छन् । उनी ६ गते स्वदेश फर्कंदैछन् । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजाल पनि चीन भ्रमणमा छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि बुधबार चीन गएका छन् । सभामुख कृष्णबहादुर महरा केही दिनअघि चीनको भ्रमण गरेर फर्केका छन् ।

 

कर्मचारीलाई विदेश भ्रमणमा रोक लगाउने सरकारका मन्त्री भने लर्को लागेर विदेश भ्रमण गरिरहेका छन् ।

 

वाम विश्लेषक हरि रोका मुलुकभित्र देखिएका विभिन्न समस्या छल्न शीर्ष तहका नेताहरुले विदेश भ्रमण गरिरहेको बताउँछन्। ‘अहिले एकपछि अर्को समस्या देखिन थालेका छन्, ती समस्याको भार आफ्नो टाउकोमा नआओस् भनेर नेताहरु विदेश भ्रमणमा जाने होडबाजीमा लागेका हुन्,’ रोकाले भने । पछिल्लो समय केन्द्र र प्रदेश सरकारबीचको द्वन्द्व तथा महिला हिंसा लगायत घटनाले नागरिकमा चरम निराशा छाउँदै गएको र जनताको प्रश्नबाट जोगिन पनि उच्च राजनीतिक नेतृत्वमा केही समयका लागि भए पनि बाहिर जाने ट्रेन्ड बढिरहेको रोकाको विश्लेषण छ ।
नागरिकबाट

Logo