सांसदले नै ‘वेश्यावृत्ति’ भनेपछि…

सांसदले नै ‘वेश्यावृत्ति’ भनेपछि…


बिहिबार बसेको संसद बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद विरोध खतिवडा यौनका कुरा गरेर सांसदहरूलाई ‘सरप्राइज’ दिए । सांसद खतिवडाले ‘वेश्यावृति’ शब्द नै प्रयोग गरेर संसदमा यौनको बिषय उठान गरेपछि सासदहरु हेराहेर भए ।

गत भदौ २६ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको यौनकर्मीबाट कर उठाउने बताएका थिए । यहि बिषयलाई संसदमा प्रवेश गराउदै सांसद खतिवडाले यस
विषयमा सरकारको धारणा मागे ।

उनले ‘मुख्यमन्त्रीले राजस्व वृद्धिका नयाँ स्रोत पत्ता लगाएको’ भन्दै व्यंग्य समेत गरे। मुख्यमन्त्री गुरुङले पोखरामा हुने यौन व्यवसायलाई व्यवस्थित बनाएर लैजानु पर्ने बताएका थिए।

Logo