ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं

शब्दार्थ प्रकाशन, चाबेलले आज एकैदिन एउटै कार्यक्रमका वीच २० वटा साहित्यिक पुस्तकहरुको विमोचन गरेको छ । "/>

शब्दार्थ प्रकाशनका वीस पुस्तकहरुको एकैदिन सामुहिक विमोचन

शब्दार्थ प्रकाशनका वीस पुस्तकहरुको एकैदिन सामुहिक विमोचन


ज्ञानमणि नेपाल कालोटोपी
काठमाडौं

शब्दार्थ प्रकाशन, चाबेलले आज एकैदिन एउटै कार्यक्रमका वीच २० वटा साहित्यिक पुस्तकहरुको विमोचन गरेको छ । आफ्नो १४ औं वार्षिक उत्सवका अवसरमा ती पुस्तकहरुको विमोचन गरिएको संस्थाका प्रबन्ध संचालक विनय कुमार शर्मा नेपालले जानकारी दिए ।

शब्दार्थ प्रकाशनद्वारा प्रकाशित विविध विषय विधाका ३० वर्ष देखि ८० वर्ष उमेर सम्मका २२ जना स्रष्टाका २० वटा पुस्तकको सामुहिक विमोचन गरिएको थियो । विमोचन भएका पुस्तकहरुमा, अमरत्वको सम्झना (संस्मरण सङग्रह) (प्रा.शिवगोपाल रिसाल र सं. विनयकुमार शर्मा नेपाल) , छेउ न टुप्पो–निबन्धसङग्रह (प्रकाश प्रसाद उपाध्याय), समसामयिक नेपाली समालोचना–समालोचनासङग्रह (प्रा.राजेन्द्र सुवेदी) , देवानको औँठी–कथासङग्रह (जनक वाग्ले), भविष्यवाणी–कथासङग्रह (राममणि पोखरेल) रहेका छन् ।

त्यस्तै अन्य पुस्तकहरुमा चूडाला–उपन्यास (वेदमणि घिमिरे), सम्मीलन–कवितासङग्रह (ठाकुर शर्मा) , नेपाली गणित कोष–शब्दकोश (महेश्वर प्रसाद उपाध्याय इस्माली र विनयकुमार शर्मा नेपाल ), तथा सुदर्शन–निबन्धसङग्रह (कमल रिजाल) छन् ।

यसै गरि कोशीको उडान–कवितासङग्रह (डा.विदुर चालिसे) , प्रेमाञ्जली–मुक्तकसङग्रह (विनयकुमार शर्मा नेपाल) , निदाउन नसकेका रातहरु–कथासङग्रह (गोपाल अश्क), जिलेटिनमा फल–गजलसङग्रह (दुर्गा प्रसाद ग्वालटारे) , ब्रिटिश ओइदर–कथासङग्रह (रामहरि पौड्याल) छन् । राप–उपन्यास (चन्द्रमणि पौडेल) , मानव अधिकार शब्दकोश–शब्दकोश (माधव रेग्मी/कैलाशकुमार सिवाकोटी) , मुक्तकाञ्जली–मुक्तकसङग्रह (तिलस्मी प्रभास) , सैद्धान्तिक आधार : प्रायोगिक विश्लेषण–समालोचनासङग्रह (जीवन जीवन्त) , अनेक विधा अनेक दृष्टि–समालोचनासङग्रह (अम्बिका अर्याल) र आभास–उपन्यास (विनोदकुमार श्रेष्ठ ) कृति पनि विमोचन भएका थिए । उल्लेखित सबै कृतिहरु सम्बन्धित लेखकहरुले नै विमोचन गरेका थिए ।

त्यस्तै सोहि कार्यक्रममा विगत ११ वर्ष देखि निरन्तर प्रकाशित विधा केन्द्रित साहित्यिक पत्रिका वैजयन्तीले हरेक वर्षझैं यस वर्ष पनि वैजयन्ती स्रष्टा सम्मान वितरण गरेको थियो । सो सम्मान पाउनेमा इन्द्रकुमार श्रेष्ठ ‘सरित’ (कथा) , डा.लेखप्रसाद निरौला (समालोचना ), भाष्कर भण्डारी (निबन्ध) , वासुदेव अधिकारी (गद्यकविता) , वासुदेव पाण्डेय (गजल), प्रभा भटटराई (गद्यकविता ) गरि ६ जना छन् ।
कार्यक्रममा राजनितिज्ञ एवं साहित्यकार प्रदिप नेपाल, नेपाली बृहत शब्दकोशका लेखक वसन्त कुमार शम्मा नेपाल, समालोचक राजेन्द्र सुवेदी लगायत दर्जनौं साहित्यकारहरुको उपस्थित रहेको थियो । उल्लेखित वीस वटै कृतिहरुलाई समिक्षक रमेश शुभेच्छु र विनय कुमार शर्मा नेपालले समिक्षा गर्नु भएको थियो ।

Logo