काठमाडौँ

महानगरीय प्रहरी परिसर काठमाडौँले नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहित तीन जनालाई पक्राउ गरेको छ । "/>

सात करोड भन्दा बढी चन्दा असुल गरेको आरोपमा पूर्वमन्त्री विश्वकर्मा पक्राउ

सात करोड भन्दा बढी चन्दा असुल गरेको आरोपमा पूर्वमन्त्री विश्वकर्मा पक्राउ


काठमाडौँ

महानगरीय प्रहरी परिसर काठमाडौँले नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) सहित तीन जनालाई पक्राउ गरेको छ ।

परिसरको टोलीले मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै गरेको बा १४ प २७२९ नं को सवारी साधन चेकजाँचका क्रममा कालीकोटका प्रकाण्ड सहित कपिलवस्तुका मनबहादुर श्रेष्ठ र कालीकोटकै हरिचन्द्र आचार्यलाई मंगलबार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता मोहनकुमार थापाले विभिन्न उद्योगपति, व्यवसायीसँग अवैध रुपमा सात करोड भन्दा बढी चन्दा असुल गरेको भन्दै पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेकालाई चन्दा ऐन, २०३० बमोजिम मुद्दा दर्ता गरी काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको परिसरका प्रवक्ता थापाले बताए ।
रासस

Logo