काठमाडौं

संसदीय सुनुवाइ समितिले काम प्रारम्भ गरेको छ । समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा मंगलबार बसेको पहिलो बैठकले तीन दिन भित्र कार्यविधि तयार गर्न तीन सदस्यीय उपसमिति गठन गरेको छ । "/>

संसदीय सुनुवाइ समितिले काम थाल्यो

संसदीय सुनुवाइ समितिले काम थाल्यो


काठमाडौं

संसदीय सुनुवाइ समितिले काम प्रारम्भ गरेको छ । समितिका ज्येष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा मंगलबार बसेको पहिलो बैठकले तीन दिन भित्र कार्यविधि तयार गर्न तीन सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिमा नेकपाबाट योगेश भट्टराई, शिवकुमार मण्डल केवट र कांग्रेसबाट पुष्पा भुसाल गौतम छन् । आगामी शुक्रबार बस्ने सुनुवाइ समितिको बैठकमा कार्यविधिको मस्यौदा पेस गर्न उपसमितिलाई भनिएको छ ।

संघीय संसद्का दुवै सदनबाट सदस्य रहेको सुनुवाइ समितिले संवैधानिक व्यवस्था बमोजिम संवैधानिक अंगका पदाधिकारी, सर्वोच्च अदालतका प्रधानन्यायाधीश र विभिन्न मुलुकमा नियुक्त हुने राजदूत नियुक्तिका लागि सुनुवाइ गर्नेछ । हाल सर्वोच्च अदालतका प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको नाम सिफारिस गरिएको छ ।

सुनुवाइ समितिले प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका जोशीको पहिलो सुनुवाइ गर्नेछ । संविधानको धारा २९२ मा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद्का सदस्य, संवैधानिक निकायको प्रमुख वा पदाधिकारी र राजदूतको पदमा नियुक्ति हुनु अघि संघीय कानुन बमोजिम संसदीय सुनुवाइ हुने भनिएको छ । सुनुवाइ समिति गठन भएसँगै अब सरकारले रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी, न्यायपरिषद्का पदाधिकारी, विभिन्न देशका लागि राजदूत नियुक्त गर्ने बाटो खुलेको छ ।
नयाँ पत्रिकाबाट

Logo