कोइलाबास, दाङ

भारतीय सिमाना जोडिएको दाङको कोइलाबास नाकाक्षेत्रमा खानेपानीको हाहाकार हुन थालेको छ । "/>

कोइलाबासमा खानेपानीको हाहाकारः भारतको शरणमा स्थानीय

कोइलाबासमा खानेपानीको हाहाकारः भारतको शरणमा स्थानीय


कोइलाबास, दाङ

भारतीय सिमाना जोडिएको दाङको कोइलाबास नाकाक्षेत्रमा खानेपानीको हाहाकार हुन थालेको छ । गर्मीयाम सुरु भएसँगै कोइलाबासमा खानेपानीको हाहाकार सुरु भएको हो । कोइलाबासमा खानेपानीको समस्या बढ्दै गएपछि पानी खान सीमापारि जानु पर्ने अवस्था रहेको गढवा गाउँपालिका–८ कोइलाबासका वडा अध्यक्ष सद्धाम सिद्धिकीले बताए ।

अध्यक्ष सिद्धीकीले कोइलाबास क्षेत्रमा पानीको समस्या विगत देखिनै रहेको र गर्मी सँगै यो बढेको बताए । कोइलाबास क्षेत्रमा पानीको समस्या भएपछि त्यहाँ रहेका स्थानीय, सरकारी कार्यालयका कर्मचारीहरूले पिउने पानीका लागि भारतीय सुरक्षा बलको सहारा लिनुपर्ने अवस्था छ ।

कोइलाबासका लागि पिउने पानीको मुख्यस्रोत मानिएको कोइलावास खोलामा वर्षौंदेखि ढुङ्गाजन्य वस्तुको अनियन्त्रित उत्खनन र निकासीका कारण पानीको सतह गहिरिएर सुक्दै जाँदा पानीको समस्या भएको स्थानीय रकम गुप्ताले बताए । ‘खोलामा गएर पानी खोजेर कपडा धुने गर्दछौँ, खानेपानीका लागि भने भारतीय सीमा सुरक्षा बलको क्याम्पमा जानै पर्ने बाध्यता रहेको छ’, एक सरकारी कर्मचारीले भने, ‘वर्षापछिको चार महिना कुवामा पानी भए पनि बाँकी समय पिउने पानीका लागि भारतीय सीमा सुरक्षा बलको क्याम्पको शरण पर्नु पर्छ ।’

कोइलाबासमा रहेको सशस्त्र प्रहरीको सीमा सुरक्षा बल, नेपाल प्रहरीको सीमा सुरक्षा प्रहरी चौकी, कोइलावास भन्सार कार्यालय, गढवागाउँपालिका–८ वडा कार्यालय, इलाका हुलाक कार्यालयले, विद्युत, स्वास्थ्य चौकी लगायतका सरकारी कर्मचारी, स्थानीयबासी ,व्यवसायीहरू पिउने पानीको लागि सीमापारि भारतीय सीमा सुरक्षा बलको क्याम्पमा जाने गरेको वडा अध्यक्ष सिद्धिकीले जानकारी दिए ।
अन्नपूर्णबाट

Skip This
Logo