भैरहवा

रुपन्देहीको भैरहवा क्षेत्रका विभिन्न सरकारी कार्यालयले विद्युत महसुल बुझाएका छैनन् । "/>

सरकारी कार्यालयले नै बुझाउँदैन विद्युत महसुल

सरकारी कार्यालयले नै बुझाउँदैन विद्युत महसुल


भैरहवा

रुपन्देहीको भैरहवा क्षेत्रका विभिन्न सरकारी कार्यालयले विद्युत महसुल बुझाएका छैनन् । महसुल नबुझाउने कार्यालयलाई पत्राचार गरी ताकेता गर्दा समेत विद्युत महसुल नबुझाएको विद्युत प्राधिकरणको भैरहवा वितरण केन्द्रले जनाएको छ ।

भैरहवामा रहेको जिल्ला प्रशासन कार्यालय रुपन्देही, कृषि सेवा केन्द्र, गौतमबुद्ध विमानस्थल, आन्तरिक राजस्व कार्यालय, विशेष आर्थिक क्षेत्र (सेज) , जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देही, सिद्धार्थनगर नगरपालिका, भैरहवा भन्सार कार्यालय लगायत दर्जनौं सरकारी कार्यालयले विद्युत महसुल समयमै बुझाएका छैनन् ।

कार्यालयका अनुसार सडक बत्ती बाहेक ४ करोड १ लाख ९५ हजार ४ सय ६० रुपैयाँ बक्यौता छ । कार्यालयले पछिल्लो तथ्यांक अनुसार करोडौं रुपैयाँ सरकारी कार्यालयबाट विद्युत महसुल बापत राजस्व संकलन गर्नु पर्ने देखिएको छ । सबभन्दा लामो समयदेखि सिद्धार्थनगर नगरपालिकाले विद्युत महसुल बुझाएको छैन् । नगरपालिकाले ०७० जेठ देखि विद्युत महसुल नबुझाएको विद्युत प्राधिकरण भैरहवा कार्यालयले जनाएको छ । नगरपालिकाले ५८ महिना देखि विद्युत प्रयोग गरे बापत रकम नबुझाएको कार्यालयका लेखा अधिकृत मेघमणि गौतमले जानकारी दिए । नगरपालिकालाई १ लाख २४ हजार ७२ रुपैयाँ बक्यौता रहेको उनले जानकारी दिए ।

भैरहवास्थित कर्मचारी मिलन केन्द्रले पनि ०७० जेठबाट विद्युत् महसुल बुझाएको छैन । मिलन केन्द्रले १ लाख ११ हजार २ सय ५८ रुपैयाँ तिर्न बाँकी छ । केन्द्रलाई पटक पटक रकम भुक्तान गर्न आग्रह गर्दा पनि अटेर गरेको देखिन्छ । रकम भुक्तानका लागि पत्राचार गरिएको तर पत्र बुझ्न समेत नमानेकाले धेरै प्रयासपछि मात्रै पत्र बुझेको कार्यालयले जनाएको छ ।
अन्नपूर्णबाट

Logo