काठमाडौं
यो पटकको निर्वाचनबाट करिब एक दर्जन दम्पति सांसद बनेका छन् । अधिकांश पति प्रत्यक्षबाट निर्वाचित हुँदा पत्नीहरु समानुपातिकबाट सांसद बनेका छन् । "/>

भाग्यमानी ११ जोडी पति /पत्नी सांसद, को को परे ? (सुचि सहित)

भाग्यमानी ११ जोडी पति /पत्नी सांसद, को को परे ? (सुचि सहित)


काठमाडौं
यो पटकको निर्वाचनबाट करिब एक दर्जन दम्पति सांसद बनेका छन् । अधिकांश पति प्रत्यक्षबाट निर्वाचित हुँदा पत्नीहरु समानुपातिकबाट सांसद बनेका छन् । एमाले र माओवादी केन्द्रबाट संसदमा बन्ने दम्पति धेरै छन् । मधेसी दलबाट पनि दम्पति सांसद बनेका छन् । निर्वाचन आयोगले निर्वाचनको नतिजा सार्वजनिक गरेपछि यस निर्वाचनमा १० भाग्यमानी जोडीले सांसद हुने अवसर पाएका हुन् । जस मध्ये नेकपा माओवादी केन्द्रबाट पाँच, नेकपा एमालेबाट चार र राष्ट्रिय जनता पार्टी नेपालबाट एक जोडी सांसद बनेका छन् ।

यी मध्ये सबैभन्दा भाग्यमानी एमालेका पुराना नेता कृष्णगोपाल श्रेष्ठ भएका छन् । श्रेष्ठ काठमाडौ क्षेत्र नं. ९ बाट प्रतिनिधि सभामा निर्वाचित भएका हुन् । श्रेष्ठकी पत्नी महिला नेतृ बीना श्रेष्ठ समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि निर्वाचित भएकी छन् । माओवादी नेता देव गुरुङ र यशोदा सुवेदी दुवै सांसद बनेका छन् । गुरुङले लमजुङबाट प्रतिनिधि सभाको चुनाव जितेका हुन् भने सुवेदी समानुपातिकतर्फ जनजाति कोटाबाट सांसद बनेकी छन् । एमाले स्थायी समिति सदस्य शंकर पोखरेल र उनी श्रीमती सुजिता शाक्य पनि सांसदमा निर्वाचित भएका छन् । पोखरेल दाङ क्षेत्र २ ‘क’ बाट निर्वाचित भएका छन् भने शाक्य एमालेको प्रतिनिधि सभाको समानुपातिकबाट सांसद बनेकी छन् । पोखरेल प्रदेश ५ का मुख्यमन्त्री भएका छन् ।

केपी ओलीका यी एकसेएक सपना, अब होला त साकार ? (भिडियोमा समेत)

 

एमाले केन्द्रीय सदस्य विरोध खतिवडा मकवानपुर क्षेत्र नं २ वाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनकी श्रीमती तथा नेकपा एमाले मकवानपुरकी अध्यक्ष मुनु सिग्देल समानुपातिकबाट प्रदेश सभा सदस्यमा निर्वाचित भएको नेकपा एमालेले जनाएको छ । माओवादी केन्द्रका महेश्वर गहतराज बाँके क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् भने उनकी श्रीमती उषा पुन (गहतराज) प्रदेश ५ बाट प्रदेश सभामा समानुपातिक सांसद भएकी छन् । एमालेबाट शेरबहादुर तामाङ र उषाकला राई दुवै सांसद बनेका छन् । तामाङ सिन्धुपालचोक क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । राई प्रदेश नम्बर १ बाट समानुपातिकतर्फ प्रदेश सभा सदस्यमा चुनिएकी छन् ।

माओवादी नेता वर्षमान पुन रोल्पाबाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् भने उनी श्रीमती ओनसरी घर्तीमगर प्रतिनिधि सभाको समानुपातिकबाट सांसद चुनिएकी छन् । त्यस्तै एमाले नेता रघुवीर महासेठ र उनकी श्रीमती जुलीकुमारी महतो दुवै सांसद बनेका छन् । महासेठ घनुषा क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका छन् । महतो प्रतिनिधि सभाको समानुपातिकतर्फ महिला मधेशी कोटाबाट सांसद बनेकी छन् । यता राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य अनिलकुमार झा र उनकी श्रीमती डिम्पलकुमारी झा दुवै जना सांसद बनेका छन् । अनिल रौतहटको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् । डिम्पल झा समानुपातिक तर्फ प्रदेश २ बाट प्रदेश सभा सदस्यमा चयन भएकी छन् । माओवादी केन्द्रका नेता कृष्णध्वज खड्का प्युठानबाट प्रदेश सभामा निर्वाचित भएका छन् भने उनकी श्रीमती रेखा शर्मा समानुपातिकबाट प्रतिनिधि सभामा सदस्य भएकी छन् ।

माओवादी नेता शक्तिबहादुर बस्नेत जाजरकोटबाट प्रतिनिधि सभामा निर्वाचित भएका छन् भने श्रीमती सत्या पहाडी समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य भएकी छन् । अर्कातिर बर्दियाट पराजित भए पनि एमालेका उपाध्यक्ष तथा पुर्व गृहमन्त्री वामदेव गौतमकी धर्मपत्नि तुल्सी थापा गौतम समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य भएकी छन् । यद्यपि नेताहरुले भने पार्टीले नेता पत्नीका रुपमा नभई पार्टीमा महत्वपुर्ण भुमिका खेलेका कारण समानुपातिक सांसद बनाइएको बताएका छन् ।

अन्नपूर्णबाट

Logo