काठमाडौं
राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट एकल संक्रमणीय प्रणाली मार्फत आठ–आठ जना निर्वाचित भएर आउनेछन् । तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गरी ५९ सदस्यीय राष्ट्रियसभा हुनेछ । "/>

प्रदेशपिच्छे यस्तो छ मतभार: कुन प्रदेशमा कति ?

प्रदेशपिच्छे यस्तो छ मतभार: कुन प्रदेशमा कति ?


काठमाडौं
राष्ट्रियसभामा प्रत्येक प्रदेशबाट एकल संक्रमणीय प्रणाली मार्फत आठ–आठ जना निर्वाचित भएर आउनेछन् । तीन जना मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले मनोनीत गरी ५९ सदस्यीय राष्ट्रियसभा हुनेछ । राष्ट्रियसभाको निर्वाचन माघ २४ गते हुने कार्यक्रम छ ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभामा विजयी सदस्य, गाउँपालिका, नगरपालिकाका अध्यक्ष/प्रमुख, उपाध्यक्ष/उपप्रमुख मतदाता हुने व्यवस्था छ । मतदाताको मतभार फरक फरक निर्धारण गरिएको छ । प्रदेशसभा सदस्यको एक मतलाई ४८ मतभार दिइनेछ । त्यसैगरी स्थानीय तहका मतदाताको एक मतलाई १८ मतभार दिइनेछ । एकल संक्रमणीय भनेको प्राथमिकतामा आधारमा मत दिने प्रणाली हो । यसमा उम्मेदवारको क्रमसंख्या निर्धारण गरिन्छ र कम मत प्राप्त गर्ने उम्मेदवार सूचीबाट हट्नेछ।

निश्चित थ्रेसहोल्ड पार गरेका दलको पहिलो प्राथमिकतामा परेका उम्मेदवारले प्राप्त गरेको मत बाँकी रहेपछि अर्का उम्मेदवारमा सर्दै जान्छ । त्यसपछि सूचीअनुसार उम्मेदवार निर्वाचित हुँदै जानेछन् । यसमा सिट निर्धारण विधि प्रयोग गरिन्छ । निर्वाचित हुने सिट संख्यामा १ जोडेर आउने संख्याले कुल मतभारलाई भाग गरी आउने संख्यामा फेरि १ जोडेर निर्वाचित हुन आवश्यक मतसंख्या निकालिनेछ।

नागरिकबाट

Logo