प्रदेश २ का सांसदले मातृभाषामै सपथ लिए

प्रदेश २ का सांसदले मातृभाषामै सपथ लिए


काठमाडौं

प्रदेश नम्बर २ का सांसदहरुले आ—आफ्नै भाषामा सपथ लिएका छन् । प्रदेश नम्बर २ बाट निर्वाचित प्रदेशसभा सांसदहरुले आफ्नै पहिरन धोति र कुर्ता लगाएर मातृभाषा मैथली भोजपुरी, बज्जिका, हिन्दी र नेपालीमा सपथ लिएका हुन् ।

सर्लाहीबाट निर्वािचत प्रदेश सभा सदस्य उपेन्द्र महतोले बज्जिका भाषामा सपथ लिएका छन् उनी पनि धोती—कुर्ता लगाएर सपथ लिएका हुन् ।

सुरुमा भाषालाई लिएर केहि विवाद भएको थियो । सांसद महतो आफूले लिएका बज्जिका भाषाको लिखित सपथ फेसबुक मार्फत सार्वजनिक समेत गरेका छन् ।

Logo