जुम्ला ,२, कार्तिक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तह मिलानमा खेलवाड गरेको भन्दै कर्मचारीले तीन दिन देखि अस्पतालमा ताला लगाएका छन् । "/>

कर्णाली अस्पतालका कर्मचारी आन्दोलनमा अस्पतालका

कर्णाली अस्पतालका कर्मचारी आन्दोलनमा अस्पतालका


जुम्ला ,२, कार्तिक

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले तह मिलानमा खेलवाड गरेको भन्दै कर्मचारीले तीन दिन देखि अस्पतालमा ताला लगाएका छन् । उनीहरूले तह मिलानको लागि पटक पटक सम्झाउँदा समेत सिनेटको बैठकमा प्रस्ताव लिन कन्ज्युस्याई गरेको भन्दै अस्पताल पदाधीकारीलाई आक्रोश पोखेका हुन् । कर्मचारीको तालाबन्दीका कारण ओपिडी सेवा सञ्चालनमा आउन सकेको छैन । भने प्रशासन कक्षबाट हुने सबै सेवा ठप्प छन् । उनीहरूले सरकारले कर्मचारी समायोजन विधेयक ल्याएर तह निर्धारण गरेर सम्मान दिइएको भन्दै प्रतिष्ठान पदाधीकारीले कुनै चासो नदिइएको बताएका हुन् । सम्मानजनक तह मिलान नहुँदा सम्म ताला नखुल्ने कर्मचारीले बताएका छन् । प्रतिष्ठान प्रशासनले अहिलेसम्म कर्मचारीसँग वार्ता गरेर ताला खुलाउने प्रयास गरेको छैन भने स्थानीय प्रशासनले ताला खुलाएर अस्पतालका सेवा संञ्चालनमा कुनै पहल नगरेको स्थानीयले बताएका छन्।
नागरिकबाट

Logo