काठमाडौँ, २०,असोज
संसदमा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयक मुख्य तीन दलले साँठगाँठ र तोडमोड गरी ल्याउन लागेको भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डा. गोविन्द केसीले पुनः अनशन सुरु गरेका छन् । "/>

डा. गोविन्द केसी पुनः १३औं पटक अनशनमा

डा. गोविन्द केसी पुनः १३औं पटक अनशनमा


काठमाडौँ, २०,असोज
संसदमा विचाराधीन राष्ट्रिय चिकित्सा शिक्षा विधेयक मुख्य तीन दलले साँठगाँठ र तोडमोड गरी ल्याउन लागेको भन्दै चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का प्राध्यापक डा. गोविन्द केसीले पुनः अनशन सुरु गरेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बिहीबार साँझ देखि उनले १३ औं अनशन सुरु गरेका हुन। डा. केसीले असोज १३ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आफ्ना माग पुरा गर्न बिहिबार सम्मको अल्टिमेटम दिएका थिए। माग पूरा गर्न प्रधानमन्त्रीले चासो नदेखाएपछि आफु फेरी अनशन बस्न बाध्य भएको उनले बताएका छन् । त्यसअघि माथेमा प्रतिवेदनको सुझाव विपरित विधेयक पास गर्न लागेको भन्दै उनी संसद बैठकको आव्हान भएकै दिन असोज ९ गते अनशन बसेका थिए । तर चिकित्सा शिक्षा विधेयक पास नगरी संसद बैठक शुक्रबार सम्मका स्थगित भएपछि उनले २ दिनपछि चाडबाडलाई देखाउँदै अनशन स्थगित गरेका थिए।
अन्नपूर्णपोष्टबाट

Logo