काठमाडौं, ५ असोज । नेपाल खाद्य संस्थानले दसैँका लागि खसी, बोका तथा च्याङ्ग्राको मूल्य तोकेको छ। संस्थानले बोका प्रतिकिलो ४ सय ५०, खसी ४ सय ५५ रुपैयाँ र च्याङ्ग्रा ६ सय ७५ रुपैयाँ मूल्य निर्धारण गरी बिहीबारदेखि बिक्री वितरण थालेको हो ।
संस्थानका बागमती अञ्चल प्रमुख भेषनाथ न्यौपानेले अहिले मुस्ताङबाट ५ सय च्याङ्ग्रा ल्याइएको र अरु ५ सय च्याङ्ग्र्रा आउने क्रममा रहेको जानकारी दिए । त्यस्तै दाङ र हेटौंडाबाट एक हजार ५ सय खसी ल्याउने तयारी भैरहेको छ ।
प्रतिक्रिया