एजेन्सी ।

अमेरिकन एथलेटिक्स खेलाडी क्रिस्चियन कोलम्यानलाई २ वर्षको प्रतिबन्ध लागेको छ । "/>

वर्ल्ड च्याम्पियन क्रिस्चियन कोलम्यानलाई २ वर्षको प्रतिबन्ध

वर्ल्ड च्याम्पियन क्रिस्चियन कोलम्यानलाई २ वर्षको प्रतिबन्ध


एजेन्सी ।

अमेरिकन एथलेटिक्स खेलाडी क्रिस्चियन कोलम्यानलाई २ वर्षको प्रतिबन्ध लागेको छ । विश्व एथलेटिक्सको इन्टिग्रिटी युनिटले प्रतिबन्धित औषधि प्रयोग गरेको आरोपमा कोलम्यानलाई २ वर्षको प्रतिबन्ध लगाईएको हो ।

एथलेटिक्सको १ सय मिटरको विश्व च्याम्पियन कोलम्यानले १२ महिनामा तीन पटक डोपिङ परिक्षण गराउन असफल भएका थिए । एक वर्ष भित्र ३ पटक डोपिङ परिक्षण गर्न असफल भए एथलेटिक्सको एन्टी डोपिङ नियम उलंघन गरेको मानिन्छ । २४ वर्षीय कोलम्यानलाई गत मे महिनामै अस्थायी निलम्बन गरिएको थियो ।

प्रतिबन्धविरुद्ध उनले खेलकुदको न्यायिक निकाय कोर्ट अफ अर्बिट्रेसन अफ स्पोर्ट्समा अपिल गर्न पाउने छन् । दुई वर्षको प्रतिबन्धसँगै कोलम्यानले जापानमा आयोजना हुने टोकियो ओलम्पिक गुमाउने भएका छन् । बटोकियो ओलम्पिक सन् २०२१ को जुलाई २३ देखि अगस्ट ८ सम्म हुनेछ ।

Logo