शिशिर योगीको ‘जनताले सधैं दुःख पाए’ सार्वजनिक

शिशिर योगीको ‘जनताले सधैं दुःख पाए’ सार्वजनिक


शिशिर योगीको ‘जो आए नि जनताले सधैं दुःख पाए’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । योगीकाे आवाज रहेकाे म्युजिक भिडियोको निर्देशन अन्तरिक्ष अधिकारीले गरेका छन् ।  भूपेन्द्र खत्रीको शब्द र संगीत रहेकाे भिडियो विश्व नेपाल सञ्चारको युट्युब च्यानलबाट अपलोड गरिएको हाे । 

म्युजिक एरेन्ज किरण कडेलले गरेका छन् । गीतकाे भिडियोमा गायक योगीसँगै विष्णु पराजुली, विरेन्द्र बस्नेत, प्रदीप ढुंगाना, भेग पहारी, पार्थ तिमल्सिनालगायतकाे  अभिनय छ । केशव अधिकारीले छायाँकन गरेको भिडियोलाई गोपाल कडेंलले सम्पादन गरेका छन् । 

Logo