‘वेदनाको भेल’मा गजित र आरोहीको दमदार अभिनय (भिडियोसहित)

‘वेदनाको भेल’मा गजित र आरोहीको दमदार अभिनय (भिडियोसहित)


अभिनेता गजित विष्ट अभिनित नयाँ म्युजिक भिडियो ‘वेदनाको भेल’ सार्वजनिक भएको छ । यसमा गायक मनोजराज तथा गायिका सुजाता वर्माको स्वर रहेको छ । गीतको म्युजिक भिडियोमा गजितले दमदार अभिनय गरेका छन् ।

अभिनयमा विष्टलाई अभिनेत्री आरोही शर्माले साथ दिएकी छन् । हेम प्रभास अधिकारीको निर्देशन रहेको गीतको भिडियोमा गजित र आरोही राजा रानीको गटेअपमा देखिएका छन् । डा.केशव शर्माको शब्द रहेको गीतमा सन्तोष श्रेष्ठको संगीत रहेको छ ।

गीतको भिडियोमा गजित र आरोहीका साथै नारायण उप्रेती, अनु राई, मनिषा खड्का, विष्णु खड्का, सुवास पोखरेल, सितामैयाँ रुचाल, डम्बर खड्काथोकी लगायत कलाकारको अभिनय छ ।

नवराज उप्रेतीको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको भिडियोको कोरियोग्राफी गजितले भाई गम्भिर बिष्टसँगको सहकार्यमा गरेका हुन् ।

Logo