सुदीपले गरे समीक्षालाई ‘मायाले इशारा’ (भिडियोसहित)

सुदीपले गरे समीक्षालाई ‘मायाले इशारा’ (भिडियोसहित)


पछिल्लो समय एकपछि अर्को उत्कृष्ट गीत निकाल्दै आएका नेपाली सिनेमा जगतमा चर्चित चलचित्रका सहनिर्देशक सुदीप कुँवरको नयाँ गीत ‘मायाले इशारा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

आफ्नै शब्द संगीत रहेको गीतमा स्वयं आफू अनि पछिल्लो समय सांगीतिक क्षेत्रमा निकै रुचाइएको समीक्षा अधिकारीको आवाजमा रहेको गीत दर्शक सामु लिएर उपस्थित भएका छन् । चलचित्र क्षेत्रमा सहनिर्देशक गर्दै आएको र अहिले पछिल्लो समयमा आफ्नो एकपछि अर्को उत्कृष्ट गीतमा उनी आफैंले निर्देशक गर्दै आएका छन् भने उक्त गीतमा रामजी लामिछानेले निर्देशन गरेका छन् ।

भिडियोमा ओवि रायमाझी अञ्जली अधिकारी स्वयं आफू सुदीप कुँवर र समीक्षा अधिकारीलाई मुख्य भूमिकामा अभिनय गरेका छन भने गृवानी बस्नेत, नोना कार्की र मिराज अर्याललाई पनि देख्न सकिन्छ ।

मानकृष्ण महर्जनले खिचेको भिडियोलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् भने राजेन्द्र मोक्तानले रंग संयोजन गरेका हुन् । गीतको भिडियो कुँवरको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । गीतमा समावेश शब्दहरुसंगै संगीत पनि एकदम मन छुने रहेको छ । यसभन्दा अगाडिको गीत मायालु जहिले रिसाउने सहकार्य गर्दै आएको समीक्षा र सुदीपको गीतले दर्शक श्रोताको मन जित्न सफल भएको थियो । यस गीतले पनि पहिले जस्तै दर्शक श्रोताको मन जित्ने विश्वास निर्माण पक्षले लिएको छ।

Logo