प्रकाश दूतराजको ‘फूल लाउँथे शीरमा’ सार्वजनिक (भिडियो सहित)

प्रकाश दूतराजको ‘फूल लाउँथे शीरमा’ सार्वजनिक (भिडियो सहित)


नेपाली सांगितक आकाशमा आफ्नो छुट्टै पहिचान बनाएका यूवा गायक तथा सर्जक प्रकाश दूतराजले नयाँ मौलिक लोकदोहोरी गीत ‘फूल लाउँथे शीरमा’ भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।

बैनी झ्यालैमा गीतबाट चर्चामा आएका दूतराजका सिर्जना वास्तविक र अब्बल मानिन्छन् । सार्वजनिक भएको गीतमा गायिका ऋतु तामाङको समेत आवाज सुन्न सकिन्छ भने तामाङसहित भिडियोमा पार्वती सेती, दिप सागरको अभिनय रहेको छ ।  

माया र प्रेमको प्रसङ्गलाई समेटिएको गीतको भिडियोले निकै भावुक बनाउँछ। दूतराजकै शब्द तथा संगीत रहेको गीतको भिडियोको छायांकन करण चैसिरले गरेका हुन भने नवीन धर्ति मगरको सम्पादन तथा दूतराज स्वयंको निर्देशन रहेको छ । 

Logo