६ दिनमै २ पटक बढ्यो, पेट्रोलियम पदार्थको मूल्य

६ दिनमै २ पटक बढ्यो, पेट्रोलियम पदार्थको मूल्य


आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमको मंगलबार बसेको बैठकले पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धन आन्तरिकतर्फको साबिकको खुद्रा बिक्री मूल्यमा प्रति लिटर दुई रुपैयाँले बढाएको हो ।  

यसअघि निगमले पेट्रोलियम पदार्थको मूल्य माघ २८ गते पनि बढाएको थियो ।  मूल्य बढेपछि पेट्रोल, डिजेल/मट्टितेल तथा हवाई ईन्धनको खुद्रा बिक्री मूल्य क्रमशः ११४, ९७, ६७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिएका छन् । 

Logo