विष्णु खत्री र मिना लामाको ‘अँधेरीमा उज्यालो टुकी’ सार्वजनिक (भिडियोसहित)

विष्णु खत्री र मिना लामाको ‘अँधेरीमा उज्यालो टुकी’ सार्वजनिक (भिडियोसहित)


नेपाली लोक तथा दोहोरी क्षेत्रका अग्रज गायक तथा सर्जक विष्णु खत्रीले नयाँ मौलिक लोकदोहोरी गीत ‘अँधेरीमा उज्यालो टुकी’ को भिडियो आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन् ।  

सुमधुर क्रियसनको प्रस्तुतिमा तयार भएको गीतमा खत्रीकै लय तथा शब्दमा मीना लामाले जादुमयी आवाज भरेकी छिन् । कोरस आवाज भने जुना श्रीष मगर र राजु गुरुङको रहेको छ भने कृष्ण भान्जाले एरेन्ज तथा श्यामस्वेत रसाइलीले मिक्सिङको बागडोर सम्हालेका छन् ।  

पछिल्लो समय म्युजिक भिडियोमा निकै व्यस्त तथा सफल कलाकारद्वय लोमश शर्मा र रुविना अधिकारीको अभिनय रहेको छ । माछा मार्ने बल्छीको कथामा माया प्रसङ्गलाई समेटिएको गीतको भिडियो निकै उत्कृष्ट रहेको छ। भिडियोको छायांकन दुर्गा पौडेलले गरेका हुन् भने नवीन धर्तिमगरको सम्पादन तथा होम गुरुङको निर्देशन रहेको छ ।  

Logo