कला वाग्मती

मिस व्युटीफुल र मिसेस व्युटिफुल नेपाल २०२१ आयोजना हुँदै

15 Shares

दक्ष इन्टरटेनमेन्ट प्रालिले हरेक वर्ष जस्तै यस वर्ष पनि अविवाहित र विवाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ।

मेकअप आर्टिष्ट टेकराज पाण्डेको दक्ष इन्टरटेनमेन्टले आगामी फागुन १५ गते राजधानीमा मिस व्युटीफुल नेपाल र मिसेस व्युटिफुल नेपाल २०२१ आयोजना गर्न लागेको हो। अविवाहित युवतीहरुबीच हुने स्पर्धा मिस व्युटीफुल नेपाल २०२१ मा राजधानीका विभिन्न स्थानमा बसोवास गर्दै आएका १३ युवतीबीच अन्तिम स्पर्धा हुनेछ। त्यसैगरी मिसेस व्युटीफुल नेपाल २०२१ मा विभिन्न पेशा र गृहिणी जीवन बिताइरहेका १२ जना विवाहित महिलाबीच अन्तिम स्पर्धा हुने आयोजक संस्थाका अध्यक्ष टेकराज पाण्डेले जानकारी गराए । 

उनका अनुसार विभिन्न विषयको तालिम र प्रशिक्षण पश्चात पूजा नाथ, पूर्णिमा क्षत्री, गीता गुरुङ, सोनिया शाही, अनिता तामाङ, सुष्मिता देव, उषा पौडेल, प्रतीक्षा अधिकारी, मनिषा यादव थापा, रुपान्सा महतो, गीता उप्रेती, विजया रन्जीत र सविना खुलाल छैठौं संस्करणको मिस व्युटीफुल नेपाल २०२१ प्रतियोगितामा भिड्न तयार भएका छन् ।

त्यसैगरि पाँचौ संस्करणको मिसेस व्युटीफुल नेपाल २०२१ मा मञ्जु अधिकारी, आरती भण्डारी सापकोटा, झुमादेवी ओली (नीलम), विनिता देउला, सुशिला श्रेष्ठ, पवित्रा बञ्जारा, मीना महर्जन, सरु थापा, अञ्जु न्यौपाने, सिर्जना रुपाखेती पाण्डे, रोचना राजोपाध्याय र उमा खड्काले अन्तिम स्पर्धा गर्दैछन्।

प्रतियोगिताको अन्तिम स्पर्धा नजिकिँदै गर्दा मिस ट्यालेन्ट व्युटिफुल र मिसेस ट्यालेन्ट व्युटिफुल उपउपाधिका लागि दुबै प्रतियोगिताका प्रतियोगीहरुले आयोजकद्वारा राजधानीमा आयोजना गरेका ट्यालेन्ट शोमा आफूमा अन्तर्निहीत प्रतिभा प्रदर्शन गरेका छन् ।

दुबै प्रतियोगिताका प्रतियोगीहरुले गीत संगीत, नृत्य, अभिनय, चित्रकला, वाक कला जस्ता आफ्ना प्रतिभा प्रदर्शन गरेर निर्णायकको मन जित्ने कोसिस गरेका थिए । ट्यालेन्ट शो का लागि कोरियोग्राफर, फिल्म निर्माता तथा निर्देशक राजु शाह प्रमूख निर्णायक तथा अभिनेत्री रश्मी भट्ट, गायक सानु थापा, गायिका तथा सञ्चारकर्मी सरिता भारती, गीतकार अशोक तामाङ र सञ्चारकर्मी अरुणा श्रेष्ठ निर्णायक रहेका थिए ।
 

प्रकाशित: ९ फाल्गुन २०७७ १९:२२ आइतबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी