१४ प्रतिष्पर्धीलाई पछि पार्दै कृषा बनिन् १५ औं मिस नेवा

१४ प्रतिष्पर्धीलाई पछि पार्दै कृषा बनिन् १५ औं मिस नेवा


राजधानीको डल्लुकी कृषा महर्जन नयाँ नेवार सुन्दरी चुनिएकी छिन् । नेप्लीज फेसन होमद्वारा शनिबार  आयोजित नेवार युवतीहरुबीचको एकमात्र राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘मिस नेवाः नेपाल’ मा कृषाले १४ सहप्रतिस्पर्धीलाई पछाडि पार्दै पन्ध्रौं मिस नेवाः नेपाल ११४१ को ताज चुम्न सफल भएकी हुन् । 

ताज चुमेसँगै उनले नगद रु एक लाख प्राप्त गरेकी छिन् । उनले वेष्ट नेपाल भाषा उपाधि समेत जित्न सफल भएकी थिइन् । नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको प्रतियोगितामा  ललितपुरककी प्रिया तण्डुकार फष्ट रनर्सअप र कलंकी काठमाडौंकी कृष्टीना महर्जन सेकेण्ड रनर्सअप भएकी थिइन् । उनीहरुले उपाधिबापत क्रमशः रु २५ हजार र रु १५ हजार रुपियाँ नगद प्राप्त गरेका छन् । 

Logo