आमा बन्दै नायिका प्रियंका कार्की

आमा बन्दै नायिका प्रियंका कार्की


नायिका प्रियंका कार्की आमा बन्ने भएकी छिन् । सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममा पति आयुष्मानसँग खिचिएको फोटो शेयर गर्दै आफू गर्भवती भएको पुष्टि गरेकी हुन् । 

आफू गर्भवती भएको गाइँगुइँलाई अभिनेत्री प्रियंका कार्कीले सत्य सावित गरेकी छिन् । परिवारसँग होली खेलेको तस्विरमा प्रियंका गर्भवती भएको अनुमान गरिएको थियो ।

उनले लेखेकी छिन्, 'मलाई सोध्न बन्द गर्नूस । हो म प्रेगनेन्ट भएकी हुँ ।'

आमा बन्ने पुष्टि भएसँगै प्रियंकालाई बधाइको ओइरो आउन थालेको छ । सन् २०२० को फेब्रुअरी २८ मा प्रियंका र आयुष्मान विहे बन्धनमा बाँधिएका थिए ।

Logo