११ कात्तिक २०७८ बिहीबार

‘फुडगन्ज’सँग रमाउँदै गायिका ज्योति मगर (भिडियोसहित)

छोटो समयमै ग्राहकको विश्वास जितेको ‘फुडगन्ज’सँग गायिका तथा मोडल ज्योति मगर पनि जोडिएकी छन्। शनिबार ‘फुडगन्ज’को डेलिभरी राइडरको रुपमा अर्डर अनुसारको खानेकुरा बोकेर उनी ग्राहकको घरसम्मै पुगेकी थिइन्। गायिका मगरको हातबाट डेलिभरी सेवा पाउँदा ग्राहकहरु सरप्राइज भएका थिए। उनले खानेकुरा अर्डर गर्ने ग्राहकहरुलाई ‘फुडगन्ज’को तर्फबाट गिफ्ट ह्याम्पर पनि प्रदान गरेकी थिइन्।

गायिका मगरले फुड डेलिभरीको अनुभव आफ्नो लागि नौलो रहेको बताइन्। कोभिडको समयमा सुरक्षित र सहज तरिकाले ‘फुडगन्ज’ ले सेवा प्रदान गरेकोमा उनले खुसी व्यक्त गरिन्। उनले भनिन्, ‘अनलाइनबाटै अर्डर र पेमेन्ट हुने भएकाले मानिसहरुको समयको पनि बचत हुन्छ। कोभिडको समयमा सुरक्षितरुपमा आफूले चाहेको जस्तो खानेकुरा पनि खान पाइन्छ । ‘फुडगन्ज’ ले एक हिसाबले पून्यको काम नै गरेको छ।’

मोडल क्रिस्टिना थापाले नेपाली बजारमा फस्टाउँदै गएको ई–कमर्स व्यवसायमा भविष्य देखेर लकडाउनको समयमा सञ्चालनमा ल्याएको ‘फुडगन्ज’ ले यतिबेला ग्राहकको विश्वास जितिरहेको छ। ‘फुडगन्ज’ले बिहान ७ बजेदेखि रातिको ३ बजेसम्म (२० घण्टा) राजधानीका २ सयभन्दा बढी होटल तथा रेस्टुरेन्टको भान्सामा पाक्ने खानेकुराहरु ग्राहकको घरसम्म पुर्‍याउने गरेको छ।

आज हामीले यसै विषयमा केन्द्रीत रहेर यसपटक केन्द्रबिन्दुले गायिका ज्योति मगर र मोडल क्रिस्टिना थापासँग कुराकानी गरेको छ । हेरौं भिडियोमा :

 

प्रकाशित: ३० चैत २०७७ १८:५१ सोमबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी