पत्नी बिरामीका कारण अनुपम खेरले छाडे अमेरिकन टीभी शो

पत्नी बिरामीका कारण अनुपम खेरले छाडे अमेरिकन टीभी शो


अनुपम खेर अमेरिकी मेडिकल सिरिज ‘न्यू एम्स्टर्डम’ बाट बाहिरिएका छन्। एनबीसी नेटवर्कद्वारा सञ्चालित उक्त कार्यक्रममा अनुपम डा. विजय कपूरको भूमिकामा थिए। कार्यक्रमको तेस्रो सिजन चलिरहेको छ। 

सिरिजमा अस्पतालका कर्मचारीहरुले कोरोना संकटमा गरिरहेको संघर्षबारे देखाइएको छ। शोको अन्तिम एपिसोडमा डा.विजयले अस्पतालबाट राजीनामा  दिएको देखाइएको छ। 

अनुपमकी पत्नी अथवा अभिनेत्री किरण खेर बिरामी परेपछि उनले शो छोड्ने निर्णय गरेका हुन् । अभिनेत्री किरण खेर क्यान्सरको बिरामीबाट पीडित भएकी छिन्। अनुपम आफैंले सोशल मिडियामार्फत किरण मल्टिपल मायलोमा भन्ने क्यान्सरबाट पीडित रहको जानकारी गराएका हुन् । जुन एक प्रकारको ब्लड क्यान्सर हो। 

हाल किरण खेरको उपचार चलिरहेको छ, त्यसैले उनको हेरचाहको लागि अनुपमले उक्त शो छोडेका हुन् । अनुपम खेर २०१८ मा उक्त सिरिजसँग जोडिएका थिए। उनले सिरिजबाट निकै लोकप्रियतासमेत कमाएका छन्।

Logo