दर्शनेले ल्याए ‘सासु बुहारी’ (भिडियोसहित)

दर्शनेले ल्याए ‘सासु बुहारी’ (भिडियोसहित)


हास्य कलाकार तथा निर्देशक सुरेश थापा ‘दर्शने’ले आफ्नै निर्देशनमा एउटा नयाँ टेलिश्रृंखला निर्माण गरेका छन्।

‘सासु बुहारी’ शीर्षकको उक्त श्रृंखलाको प्रसारण निर्देशक थापाकै आधिकारिक यूट्युब च्यानल दर्शने प्रोडक्सनबाट प्रारम्भ भएको छ ।

सासु बुहारी हरेक शुक्रबार साँझ ७ बजे अपलोड गरिन्छ। पारिवारिक कथावस्तुमा आधारित उक्त श्रृंखलालाई दर्शने प्रोडक्सनले निर्माण गरेको हो।

श्रृंखलामा विद्या कार्की, माधव पण्डित, अनिता दंगाल, शान्ता कार्की, भुवन पोखरेल, विश्व बराल, रितिका जोशी आदि कलाकारले अभिनय गरेका छन्।

निर्देशक थापाकै कथामा आधारित उक्त श्रृंखलालाई राहुल राईले छायांकन गरिरहेका छन् भने एसके थापा यसका सम्पादक हुन्।

यस अघि म्युजिक भिडियो र हास्य टेलिश्रृंखला मात्र निर्देशन गरेका थापाको पारिवारिक कथावस्तुको यो पहिलो टेलिश्रृंखला हो।

आफ्नो श्रृंखलाका बारेमा निर्देशक थापाले भनेका छन्–‘दर्शनेको सबैमा दर्शन। पहिलो पटक हास्य विद्याभन्दा फरक पारिवारिक कथावस्तुलाई समेटेर सृजना गर्ने कोशिस गरेको छु। आशा छ तपाईंहरुले मन पराइदिनु हुनेछ। सहयोग गर्नु हुने सबैमा हृदयदेखि धन्यवाद ।’

यस्तो छ श्रृंखलाको पहिलो भाग :

 

 

Logo