मिस तामाङ वर्ल्ड प्रतियोगिता आयोजना हुँदै

मिस तामाङ वर्ल्ड प्रतियोगिता आयोजना हुँदै


मिस तामाङ वर्ल्ड प्रतियोगिता हुने भएको छ । आज राजधानीको हात्तीसार स्थित नेपाल हाउसमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताबारे जानकारी दिइएको हो । 

विश्वभरि छरिएर रहेका तामाङ समुदायलाई एकै साङ्लोमा आवद्ध गरि तामाङ जातिको धर्म, कला संस्कृति, भाषा, भेषभुषा, बाजा, रितिरिवाजलाई संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको आयोजकले जनाएको छ ।

आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा आफ्नो तथा अन्य जातीमा सममाजिकीकरण गर्ने उद्देश्यले मिस तामाङ वर्ल्ड फाउण्डेसनद्वारा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी गराइयो।

कार्यक्रममा सहभागी हुन जुनसुकै देशबाट भएपनि तामाङ जातिको र अविवाहित हुनुपर्ने, कम्तिमा १६ देखि बढीमा २८ वर्षको हुनुपर्ने, कम्तिमा +२ उत्तीर्ण अथवा त्यस सरहको पढाई सकेको हुनुपर्ने, कम्तिमा ५ फिट उचाई हुनुपर्ने र मानसिक सन्तुलन नगुमाएको हुनुपर्ने मापदण्ड राखिएको छ ।

प्रतियोगीले बैशाख १५ गतेसम्म फाराम भरिसक्नु पर्ने पनि कार्यक्रममा जानकारी दिइएको छ ।

Logo