पल र गीताको अभिनयमा नयाँ गीत ‘चरीले’बजारमा (भिडियो)

पल र गीताको अभिनयमा नयाँ गीत ‘चरीले’बजारमा (भिडियो)


गायक अनिस भण्डारीको नयाँ गीतको भिडियो ‘चरीले’ सार्वजनिक भएको छ। संगीतकार राजन तिमिल्सिनाद्वारा संगीतबद्ध यो गीतमा गायक स्वयंले अहिलेका चर्चित नायक पल शाह र मोडल गीता ढुंगानासँग अभिनय गरेका छन्।

लोक पप मेलोडी ‘चरीले’को भिडियोलाई शान थापाले निर्देशन गरेका छन् भने राजीव समरले कोरियोग्राफी गरेका छन्। अर्जुन तिवारीको छायांकन तथा सुप्रिम पराजुलीको सम्पादन रहेको छ।

यसअघि गायक भण्डारी र गायक सुगम पोख्रेलको संयुक्त गीत ‘ताली ठोकौँला’ दर्शक श्रोतामाझ लोकप्रिय भएको थियो। यस पटकको गीत ‘चरीले’बाट पनि गायक भण्डारीले उत्तिकै आशा लिएका छन्।

लोक पप जनरामा तयार गीत र गीतको भिडियो अहिलेको ट्रेन्ड  अनुसार तयार गरिएको तथा अन्य गीतको समेत तयारीमा रहेका भण्डारीलेबताएका छन् । दर्शक श्रोताको प्रतिक्रियाले नै गीत संगीतको आगामी यात्रा तय गर्न मद्दत गर्ने पनि उनको भनाइ छ। 

गीतमा अभिनय समेत गरेका भण्डारीले आगामी दिनमा समेत अभिनयमा आफूलाई अघि सार्ने योजना रहेको बताए।

 

Logo