निर्मल शर्मा र कमल मैनालीको निर्देशनमा हास्य टेलिचलचित्र ‘डन्ट माइन्ड’ आजदेखि प्रसारण हुँदै

निर्मल शर्मा र कमल मैनालीको निर्देशनमा हास्य टेलिचलचित्र ‘डन्ट माइन्ड’ आजदेखि प्रसारण हुँदै


अनुभवी कलाकारहरुको नयाँ प्रस्तुति हास्य टेलिचलचित्र 'डन्ट माइन्ड' आजदेखि प्रसारण हुने भएको छ।

म्यूजिक नेपालको प्रस्तुति तथा हिमालय टेलिभिजनको सहकार्यमा नेपाली टेलिभिजन सिरियल तथा चलचित्रहरूमा विभिन्न भूमिका निर्वाह गरेर लामो समयदेखि सक्रिय वरिष्ठ कलाकर्मीहरू अभिनीत नयाँ हास्य टेलिचलचित्र 'Don't Mind' वैशाख १५ गते (आज) देखि हिमालयन टेलिभिजनबाट प्रसारण हुने भएको हो । हरेक बुधबार साँझ ८ बजे र म्यूजिक नेपालको Youtube Channel र MOMO App मासमेत सोही दिन साँझ ८.३० बजे प्रसारण हुनेछ।

यस टेलिचलचित्रलाई निर्मल शर्मा (गैँडा) र कमल  मैनालीले संयुक्तरूपमा निर्देशन गरेका छन् । यस टेलिचलचित्रको मुख्य भूमिकामा रवि शर्मा, कमल मैनाली, निर्मल शर्मा, रजनी केसी, सुनीता श्रेष्ठ, स्मारिका खनाल, रामेश्वर केसी, घनश्याम गौतम, सुरेश तिमिल्सिना, विश्वमणि घिमिरे, चीजकुमार श्रेष्ठ, सुमन गिरी र लक्ष्मणसिंह बस्नेत रहेका छन्। 

म्यूजिक नेपालद्वारा प्रस्तुत तथा समाजमा घटिरहने समसामयिक तथा राजनैतिक विषयवस्तु समेटेर प्रस्तुत हुने यस हास्य टेलिचलचित्रको कार्यकारी निर्माता चीजकुमार श्रेष्ठ, पटकथा लेखक कमल मैनाली हुन् । सम्पादक गौतमराज खड्का हुन् भने यसको दृश्याङ्कन राजु केसीले गरेका छन् । यस टेलिचलचित्रको शीर्षक गीत कमल मैनालीले लेखेका हुन् भने सङ्गीत र स्वर राजीव लोहनीको रहेको छ। 

Logo