कला वाग्मती

गीतकार सिग्देलको 'मुटुभित्र सीमा दुख्छ' सार्वजनिक (भिडियो)

15 Shares

गीतकार भरत सिग्देलको राष्ट्रिय गीत 'मुटुभित्र सीमा दुख्छ' को म्युजिक भिडियो सार्वजनिक भएको छ। एम पि टू एन क्रियशनमार्फत बुधबार सार्वजनिक गीतमा देशप्रेमको भाव झल्काइएको छ।

आफ्नो मुलुकको सीमा मुटुभित्र रहेको, सीमामा समस्या हुँदा देश दुख्ने र आफ्नै देशको भाषाभेष नै सबैभन्दा प्यारो रहेको भाव गीतमा पाइन्छ। विकास चौधरीको संगीतमा विकास लिम्बुको स्वर रहेको गीतको म्युजिक भिडियो काठमाडौं र नुवाकोटका विभिन्न स्थानमा छायाँकन गरिएको हो।

नारद आचार्य सुदामा र केशव वैरागी माइलोको निर्माण रहेको भिडियोमा लय सङ्ग्रौला, उत्तम केसी, मनोज गजुरेल, उदय सुब्बा, डा. भिमलाल तामाङ, शान्ति सिग्देल, अस्मिता सिग्देल, सुवास मेचे लगायतको अभिनय रहेको छ। 

भिडियो निर्देशन उषा मलह सिम्रनले गरेका हुन् भने छायाँकन खेम थापा मगरले गरेका छन्। गीतमा सिग्देलले आफ्नो मुलुकभन्दा बहुमूल्य अन्य चीज नरहेको भाव दर्शाएका छन्। तराई, पहाड, हिमाल सबै भूभागको आआफ्नै वीरताको गाथा रहेको सन्देश गीतमा दिइएको छ।

 

प्रकाशित: १६ वैशाख २०७८ ०८:२६ बिहीबार

ताजा समाचार
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी