विश्व कीर्तिमानी गीतकार उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द भएको गीत सार्वजनिक (भिडियो)

विश्व कीर्तिमानी गीतकार उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द भएको गीत सार्वजनिक (भिडियो)


विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको सबैभन्दा बढी ‘आमा’ शब्द समावेश भएको गीत सार्वजनिक भएको छ।

आमाको मुख हेर्ने दिन (मातृसम्मान दिवस) को सन्दर्भ पारेर गीतको लिरिकल भिडियो सर्वजनिक भएको हो। यो गीतमा १०५ पटक आमा शब्द प्रयोग गरिएको छ र वर्ल्ड रेकर्डमा दर्ज भएको छ। कृष्ण कार्कीको स्वर रहेको गीतमा सागर अधिकारी ‘शरद’को सङ्गीत र देवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ।

नेपाली गीत सङ्गीतमा डा.उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गरेका छन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित उनले गीत सङ्गीतका विविध ५२ विधामा विश्व रेकर्ड राखेका छन्। भिडियो:

 

Logo