दर्शकमाझ ‘प्रार्थना’ गर्दै आए गायक प्रकाश सपुत र मेलिना (भिडियोसहित)

दर्शकमाझ ‘प्रार्थना’ गर्दै आए गायक प्रकाश सपुत र मेलिना (भिडियोसहित)


गायक प्रकाश सपुत र गायिका मेलिना राईको स्वरमा ‘प्रार्थना’ बोलको गीत सार्वजनिक भएको छ। गीतमा अशोक शेरचनको शब्द तथा प्रकाश सपुतको संगीत रहेको छ । योगेश काजीको मिक्सिङ र एचबीएन किस्मतको मिक्सिङ तथा मास्टरिङ छ।

प्रवेश पौडेल निर्देशित गीतको भिडियोमा गायक प्रकाश र गायिका मेलिनासँगै प्रसन्न ढुंगाना, राकेश भडेल, दिपाञ्जली पर्या मगर, सुष्मा चौधरी, स्मन लामा, करण यादव र बाल कलाकार आरिहान पौडेल तथा प्रविष्ट सपुतले अभिनय गरेका छन् ।

भिडियोमा मनोज जोशीको क्रिएटिम एसोसिएट, जीवन थापाको सम्पादन, कलर र जीएफएक्स छ।

कोभिड महामारीबाट कसैको निधन नहोस् भन्ने चाहना हुँदा हुँदै पनि पछिल्ला दिनमा संक्रमण बढीरहेको छ। यसले दैनिक मृत्युदर पनि बढीरहेको छ । मानिसहरुले ‘समवेदना’ र ‘श्रद्धाञ्जली’का शब्द लेख्नु नपरोस् भन्ने चाहिरहेका छन्। तर त्यो यतिबेला सम्भव भएको छैन । यसकै लागि प्रार्थना गरिएका शब्दहरु गीतमा सुन्न पाइन्छ।

 

Logo