भक्तपुरमा टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

भक्तपुरमा टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु


भक्तपुर ।

गए राति अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखिएको टिपरमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु भएको छ ।

बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालकको आज बिहान मृत्यु भएको हो । भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको डाक्टर इवामुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

मोटरसाइकल पछाडि सवार सात वर्षीया प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिए।

Skip This
Logo