बलिउड अभिनेता दिलिप कुमारको निधन

बलिउड अभिनेता दिलिप कुमारको निधन


बलिउडका चर्चित अभिनेता दिलिप कुमारको निधन भएको छ । ९८ वर्षीय दिलिप कुमारको बुधबार बिहान निधन भएको हो ।

बिहान साढे सात बजे मुम्बईको खार हिन्दुजा अस्पतालमा उनको निधन भएको अस्पतालका चिकित्सकले जानकारी दिएका छन् । उनी केही समयदेखि श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए ।

बलिउडमा ‘ट्रयाजेडी किङ’ उपनाम पाएका दीलिप कुमारले फिल्म क्षेत्रमा ६ दशक अवधिमा उनले ६५ भन्दा बढी चलचित्रमा अभिनय गरे ।

उनले पद्म विभुषण, पद्म भुषण र दादासाहेव फाल्के अवार्ड पाएका थिए । भारतमा मात्र होइन उनले पाकिस्तानको सबैभन्दा उच्च नागरिक सम्मान निशान-ए-इम्तियाजबाट पनि सम्मानित भएका थिए ।

Logo