विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको ‘जन्मौं जन्म’ बजारमा (भिडियो)

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायको ‘जन्मौं जन्म’ बजारमा (भिडियो)


विश्व कीर्तिमानी गीतकार डा.डीआर उपाध्यायको नयाँ गीत सार्वजनिक भएको छ। ‘जन्मौं जन्म’ बोलको गीत सार्वजनिक भएको हो।

गीतमा सागर अधिकारीको सङ्गीत, राधिका भण्डारीको स्वर, संजय श्रीपालीको एरेञ्ज र गोविन्द सोनीको मिक्सिङ तथा माष्टरिङ रहेको छ।

माइकल चन्दको निर्देशन रहेको गीतको भिडियोमा डा. डीआर आफैँ र नायिका अनु शाहको दमदार अभिनय देख्न पाइन्छ । 

आफूले एकदमै मन पराएको मान्छे आफूदेखि टाढा भएको विषयलाई निक्कै भिडियोमा कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ। उत्सव दाहालको छायाँकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ। भिडियो डीआर म्युजिक एण्ड क्रियशनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो।

नेपाली गीत सङ्गीतमा डा. उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गरेका छन्। गिनिज बुक अफ वर्ल्ड रेकर्डसहित उनले गीत सङ्गीतका विविध ५१ विधामा विश्व रेकर्ड राखेका हुन्। उनका ११ उपन्यास र तीन गितीपुस्तक पनि प्रकाशित छन्।

 

Logo