नायिका जेनी कुँवरले गरिन् आत्महत्या

नायिका जेनी कुँवरले गरिन् आत्महत्या


नायिका जेनी कुँवरले आजराति आत्महत्या गरेकी छन् । काठमाडौं थापागाउँस्थित आफू बस्ने सनराइज सिटी अपार्टमेन्टमा बिहीबार राति ८ बजे उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बानेश्वरकाकाे टोली घटनास्थलमा पुगेर घटनाबारे मुचुल्का तयार पार्ने काम गरिरहेकाे छ । प्रारम्भिक अनुसन्धानअनुसार आत्महत्या भएकाे खुलेकाे छ । 

प्रारम्भिक अनुसन्धानअनुसार प्रहरीले कुवँरको आत्महत्याको कारण डिप्रेसन भएको जनाएको छ ।

उनले जिन्दगानी, मैदान, जीवनदाता, कानून, अभिमन्यू, विन्तिपत्र, मलाई माफ गरिदेऊलगायतका फिल्ममा अभिनय गरेकी छन् . 

Logo