साउने झरीमा ‘मञ्जुरी’ लिएर आए कुमार कट्टेल (भिडियोसहित)

साउने झरीमा ‘मञ्जुरी’ लिएर आए कुमार कट्टेल (भिडियोसहित)


चर्चित हास्य कलाकार कुमार कट्टेल 'जिग्री'ले पहिलो पटक आफ्नै स्वर रहेको गीत सार्वजनिक गरेका छन्। आज आफ्नो जन्मदिनको अवसर पारेर उनले उक्त गीत सार्वजनिक गरेका हुन्। 

उनले आज राजधानीमा आयोजित एक कार्यक्रमकाबीच मञ्जुरी नामको गीत सार्वजनिक गरेका हुन्। के गरि, के गरि, के गरि भयो मञ्जुरी?, सुस्तरी, सुस्तरी, सुस्तरी माया बस्यो बेसरी । गीतमा यस्तै शब्दहरु प्रयोग गरिएको छ।

मायाप्रेममा आधारित रहेर तयार पारिएको गीतमा शब्द, लय र संगित भीम विसीको रहेको छ। यस्तै स्वर कुमार कट्टेल जिग्री र मेलिना मैनालीको छ। गीतको भिडियो निर्देशन दीपक आचार्य 'काकु'ले गरेका छन् भने अभिनय कुमार स्वयं र रक्षा श्रेष्ठले गरेका छन्। गीतको सम्पादन प्रविन भट्टले गरेका हुन्।

गीत रोमान्टिक रहेको र अहिलेको मौसम अनुसार सुन्न सकिने कुमारले केन्द्रबिन्दुलाई जानकारी दिए। 'पहिलो प्रयास हो दर्शकहरुले मन पराउनु हुनेछ भन्ने आशा छ', कुमारले भने।

पछिल्लो पुस्तामा निकै लोकप्रिय कलाकार कट्टेलले सार्वजनिक गरेको गीत यस्तो छ: 

 

Logo