गायिका ज्योति मगर र रितिका कुँवरको तीज विशेष ‘मितिनी’ सार्वजनिक (भिडियोसहित)

गायिका ज्योति मगर र रितिका कुँवरको तीज विशेष ‘मितिनी’ सार्वजनिक (भिडियोसहित)


गायिका ज्योति मगर र रितिका कुँवरले तीज विशेष गीत सार्वजनिक गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रमका बीच उनीहरुको 'मितिनी' नामको गीत सार्वजनिक भएको हो।

मितिनी गीतमा गायिका ज्योति मगर र रितिका कुँवरको स्वर रहेको छ। यस्तै शरद पाण्डेको शब्द र संगीत रहेको छ भने योगेश काजीले संगीत संयोजन गरेका छन्।

चर्चित नृत्य निर्देशक एवं मोडल शंकर बिसीले गीतको निर्देशन गरेका छन्। गीतमा दुर्गा पौडेलको छायांकन र नविन घर्ती मगरको सम्पादन रहेको छ।

गीतलाई रिजान नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो। उक्त गीतको भिडियोमा ज्योति मगर र रितिका कुँवरको दमदार अभिनय देख्न सकिन्छ। गीत यस्तो छ:

 

Logo