युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को उपाधि विवेक श्रेष्ठलाई

युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को उपाधि विवेक श्रेष्ठलाई


१८२ औं विश्व फोटोग्राफी दिवसको अवसरमा काठमाडौंमा आयोजना भएको युगल पोट्रेट फोटोग्राफी प्रतियोगिता २०२१ को उपाधि विवेक श्रेष्ठले जितेका छन्। विवेक श्रेष्ठ ललितपुरका मक्षिन्द्र फोटो स्टुडियोका फोटो ग्राफर हुन्। 

फोटो व्यवसायीहरुको क्षमता विकास, फोटोको उत्थान र फोटोग्राफरहरुको सम्मानका साथै नेपाली फोटोग्राफीलाई अन्तराष्ट्रियमाझ पुर्याउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फोटो पसलका प्रबन्ध निर्देशक विक्रम न्यौपानेले बताए। प्रतियोगितामा ३८ जिल्लाका ३ सय ६६ जना फोटोग्राफरले पठाएका ५ सय १३ वटा फोटोले सहभागिता जनाएका थिए।

प्रतियोगिताको संयोजकको रुपमा सिनियर ल्याब टेक्निसियन हरिबहादुर पाण्डे, निर्णायक मण्डलहरुमा संयोजक वरिष्ठ फोटोग्राफर योगेन्द्रजंग बस्नेत, रिपब्लिक अफ ट्रिनेड एन्ड टोबाकोका वरिष्ठ फोटोग्राफर जेम्स बि सोलोमन, भारतका फोटोग्राफर किगन डेनिस रहेका थिए। 

कार्यक्रममा माउन्टेन फोटोग्राफीका बादशाह जगदिश तिवारीले यस किसिमका प्रतियोगिताबाट नेपाली फोटोग्राफरहरुको व्यावसायीकतालाई महत्वपूर्ण सहयोग पुग्ने बताए। अघिल्लो वर्ष फोटोपसलले कोभिड १९ फोटो प्रतियोगिता जनचेतनामुलक र फ्रन्टलाईनमा खटिएका डाक्टर, नर्स, सुरक्षाकर्मी, र पत्रकारहरुको सम्मानमा संचालन गरेको थियो। 

फोटो पसलले यो पटक फोटो व्यावसायी र फोटोग्राफरहरुलाई विश्व फोटो दिवसको महत्व र फोटोग्राफर सम्मान र फोटोको मुल्याङ्कन गर्दै क्षमता विकास गराउने र यस प्रतियोगितामा सहभागिहरुलाई निःशुल्क तालिमको व्यवस्था गरेको छ। प्रतियोगिताको संचालन कार्यक्रम प्रस्तोता राजाराम गौतमले गरेका थिए। 

Logo