कला क्षेत्रमा काम गर्नेहरु राजनीति गर्नेभन्दा धेरै माथि छन्ः पूर्व उपराष्ट्रपति झा

कला क्षेत्रमा काम गर्नेहरु राजनीति गर्नेभन्दा धेरै माथि छन्ः पूर्व उपराष्ट्रपति झा


गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाले राजधानीमा आयोजित एक कार्यक्रमका बीच कलाकर्मीहरुलाई सम्मान गरेका छन्।

पूर्व उपराष्ट्रपति झाले रिवन इन्टरटेनमेन्टद्वारा ललितपुरको बालकुमारीस्थित म्युजिक सिटी हलम आयोजित कार्यक्रममा अभिनेता धिरेन शाक्य, प्रदीप बास्तोला, दुर्गा बास्तोला, बिकाश चापागाईं, प्रेम पाण्डे, शुशिल श्रेष्ठ, देव महतो, प्रवण भुषाल, तुलसी प्रसाद श्रेष्ठ, अभिनेत्री साक्षी लम्साल, बेनी ढुंगाना, हास्य अभिनेता गोपाल ढकाल (छन्दे) लाई आ आफ्नो क्षेत्रमा योगदान पुर्याएवापत सम्मान गरे। 

राष्ट्रलाई पुर्याएको योगदानः विशिष्ट व्यक्तित्व तथा स्रष्टालाई सम्मान भन्दै राष्ट्रिय व्यक्तित्व तथा स्रष्टा सम्मान २०७८ नाम दिइएको कार्यक्रममा पूर्व उपराष्ट्रपति झाले फिल्म निर्देशक राजेन्द्र उप्रेती, सुदर्शन थापा, मधुसुदन भट्टराई, कल्याण अधिकारी, सौरभ चौधरी, अम्बर बहादुर बिश्वकर्मा, राजु अधिकारी र ऋषिराज आचार्य, म्युजिक भिडियो निर्देशक बिधान कार्की, फिल्म निर्माता नबिन अधिकारी, फिल्म लेखक शिवम अधिकारी र आरति अधिकार, संगीतकार दीपक शर्मा, अर्जुन पोखरेल, बिशाल ढकाल र राजेन्द्र बजगाईंलाई सम्मान गरे ।

यस्तै गायक तथा संगीतकार भुवन प्यासी, गीतकार बी पाण्डे, दयाराम पाण्डे, प्रतिमा गुरुङ र रामप्रसाद कंडेल, गायक सुरज पौडेल र चिरन्जिवी भण्डारी, गायिका पारु रंजित, भावना आचार्य, छनु गुरुङ, लक्ष्मी आचार्य र सरिता भारती, बाद्यवादक सुनिल सिंह नेपाली, कोरीयोग्राफर सुवाश बुढाथोकी र रामजी लामिछाने, फिल्म छायांकार धनदिप योंजन (सौरभ लामा) लगायतलाई पनि सम्मान गरिएकाे थियाे । 

रिवन इन्टरटेनमेन्ट प्रालिले आफ्नो सातौं बार्षिकोत्वका अवसरमा आयोजना गरेको कार्यक्रममा नेपालको प्रथम अभिनेत्री भुवन चन्द थापा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा प्रमूख अतिथी प्रथम पूर्वउपरााष्ट्रपति झाले कला क्षेत्रका विभिन्न विधामा काम गर्ने व्यक्तित्वलाई सम्मानित गर्न पाएकोमा खुशी व्यक्त गर्दै कला क्षेत्रमा काम गर्नेहरु राजनीति गर्नेभन्दा धेरै माथि रहेको चर्चा गरे। 

आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशु झाले स्रष्टाको सम्मानमा स्वास्थ्य मापदण्ड अपनाउँदै कार्यक्रम आयोजना गरिएको बताइन्। प्रथम अभिनेत्री थापाले आफूले काम गरेको क्षेत्रका नयाँ पुस्ताले कला क्षेत्रलाई चलायमान राखिरहेकोमा साधुवाद दिइन्। 

Logo