नर्भिक अस्पतालमा उपचाररत कलाकार निशा घिमिरेको निधन

नर्भिक अस्पतालमा उपचाररत कलाकार निशा घिमिरेको निधन


नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको निधन भएको छ। अस्पतालले एक विज्ञप्ति जारी गर्दै निशाको बुधबार साँझ ६:५१ बजे मृत्यु भएको जानकारी दिएको हो।

अस्पतालको सीसीयूमा राखी उपचार गरिएको र अस्पतालले गरेका सबै प्रयासका बाबजुद पनि मोडल घिमिरेलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ। उनको निधनप्रति अस्पतालले दुःख व्यक्त गरेको छ।

भारतमा दुर्घटना परी घाइते भएकी निशालाई गम्भीर अवस्थामा घरमै रहेका बेला ०७८ जेठ २७ गते उद्धार गरेर नर्भिक अस्पतालले निःशुल्क उपचार गरिरहेको थियो।

उनलाई लगातार अक्सिजनको सपोर्ट दिएर सीसीयूमा राखिएको थियो। खाना पनि पाइपबाट खुवाउने गरिएको थियो। निशाको शरीरमा रहेका घाउहरूमा समेत कुनै सुधार आएको थिएन।न्युज कारखानाबाट

Logo