गायिका इन्दिरा जाेशीले गरिन् इन्गेजमेन्ट

गायिका इन्दिरा जाेशीले गरिन् इन्गेजमेन्ट


गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी छन् । केही समययता प्रेममा रहेका उनीहरूले सरप्राइज इन्गेजमेन्ट गरेका हुन् । प्रेमीले उनलाई सगरमाथा क्षेत्रको खुम्बुमा पुगेर इन्गेजमेन्ट औंठी लगाइदिएका हुन् ।

उनीहरूबीच इन्गेजमेन्ट भएको भिडियो क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा पोस्ट गरेका छन् । हेलिकोप्टरमार्फत त्यहाँ पुगेका उनीहरु अहिले खुम्बु क्षेत्रमै छन् । भिडिओमा शरदले घुँडा टेकेर इन्दिरालाई औंठी लगाइदिएका छन् भने इन्दिराले खुशि हुँदै स्वीकारेकी छिन् ।

तर, गायिका जोशीले चाहिँ इन्गेजमेन्ट नभएर प्रेम प्रस्तावलाई स्वीकारेको दावी गरेकी छिन् ।

Logo