गायिका ईन्दिरा जोशीले गरिन् ‘इन्गेजमेन्ट’ (फोटो फिचर)

गायिका ईन्दिरा जोशीले गरिन् ‘इन्गेजमेन्ट’ (फोटो फिचर)


गायिका ईन्दिरा जोशी र फेसन डिजाइनर शरद केडियाबीच ‘इन्गेजमेन्ट’ भएको छ। 

सामाजिक सञ्जालमा तस्विर सार्वजनिक गर्दै ईन्दिराले शरदसँग इन्गेजमेन्ट भएको खुलासा गरिन्। उनीहरूले हेलिकप्टरमा खुम्बु पुगेर इन्गेजमेन्ट गरेका हुन्। 

सार्वजनिक भएको तस्विरमा फिल्मी दृश्यजस्तै लाग्ने गरी शरदले ईन्दिरालाई औंठी लगाउँदै गरेको देख्न सकिन्छ। 

त्यसो त क्याप्टेन विवेक थापाले आफ्नो टिकटक अकाउन्टमा पनि शरदले ईन्दिरालाई औंठी लगाउँदै गरेको भिडिओ सार्वजनिक गरेका छन्।

टिकटकमा भिडिओ राख्दै क्याप्टेन थापाले ईन्दिरा र शरदलाई नयाँ उज्वल भविष्यको कामना दिएका छन्।

गएको वर्षको फागुनको पहिलो हप्ता गायिका ईन्दिरा जोशीले आफ्नो हातमा लगाएको औंठीको फोटो सेयर गर्दै क्याप्सनमा लेखेकी थिइन्, ‘२ वर्षको साथ र आउँदो जीवनका समयको निरन्तरता…अन्तिम श्वाससम्म हामी सँगै हुनेछौं।’

Skip This
Logo