रामायणका ‘रावण’को निधन

रामायणका ‘रावण’को निधन


भारतीय चर्चित टेलिभिजन सिरियल रमानन्द सागरको रामायणमा ‘रावण’को अभिनयमार्फत् लोकप्रिय बनका कलाकार अरबिन्द त्रिवेदीको निधन भएको छ ।  उनको ८२ वर्षको उमेरमा हृदयाघातका कारण गए राति निधन भएको हो । उनको आजै मुम्बई स्थित  दहानुकरवाडी आर्यघाटमा अन्त्येष्टि हुने बताइएको छ ।

उत्तर प्रदेशको उज्जैन सहरमा जन्मिएका कलाकार त्रिवेदीले आफ्नो करियरको सुरुवात भने गुजराती रङ्गमञ्चबाट गरेका थिए ।  रामायणबाट भने उनी घरघर पुगेका थिए। त्रिवेदीले लगभग ३०० भन्दा बढी हिन्दी तथा गुजराती फिल्ममा अभिनय गरिसकेका छन्।

Logo