कति छ आज सुन चाँदीको मूल्य ?

कति छ आज सुन चाँदीको मूल्य ?


काठमाडौं ।

गत हप्ता उतार चढावमै रहेको सुनको मूल्य आज स्थिर छ । आइतबार ६ सय रुपैयाँले घटेको सुनचाँदीको मूल्य आज स्थिर भएको हो । आज छापावाल सुन प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि यहि मूल्यमा कारोबार भएको थियो ।

अघिल्लो हप्ता लगातार ३ दिन घटेको सुनको मूल्य शुक्रबार ८ सयले बढेको थियो । मंगलबार १७ सयले घटेको सुन बुधबार १२ सयले घटेको थियो । विहिबार पनि सुन १२ सयले घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलामा ९२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदीको मूल्य पनि आज स्थिर छ । महासंघका अनुसार चाँदी आज प्रतितोला १,१५० रुपैयाँमा कारोबार भइरहेको छ।

Logo