‘एल.आइ.सि नेपाल मिडिया अवार्ड २०७८’ को एसोशीयट स्पोन्सरमा ‘डबल ट्रि बाई हिल्टन काठमाडौं’

‘एल.आइ.सि नेपाल मिडिया अवार्ड २०७८’ को एसोशीयट स्पोन्सरमा ‘डबल ट्रि बाई हिल्टन काठमाडौं’


नेपालमा पहिलो पटक सञ्चारकर्मीहरूलाई सम्मान र प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुन लागेको ‘नेपाल मिडिया अवार्ड’ मा एक अन्तर्राष्ट्रिय कम्पनी जोडिएको छ भने  लाइफ इन्स्योरेन्स कर्पोरेसन लि. मुख्य प्रायोजक रहेको यो अवार्डमा होटल एशोसियट स्पोन्सरको रूपमा लाल्चन ग्रुप मार्फत सञ्चालित पाँच तारे ‘डबल ट्रि बाई हिल्टन’ पनि जोडिएको छ । काठमाडौंको बास्वारी स्थित निर्माण भैरहेको र ३ वर्ष भित्रमा होटेल तयार हुने होटेलका सञ्चालक समाजसेवी तथा व्यवसायी सोम बहादुर लाल्चनले बताए । हालै अवार्डका आयोजक संस्था ड्रिम हाइ नेपाल प्राली र ‘डबल ट्रि बाई हिल्टन काठमाडौं’ बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपालमा ट्रेडिङ बिजनेस लगायतका विभिन्न क्षेत्रमा ठुलो लगानी गरेको ‘डबल ट्रि बाई हिल्टन काठमाडौं’ ले नेपाली फिल्म जगतमा पनि लगानी गरेको छ । ‘डबल ट्रि बाई हिल्टन काठमाडौं’ का सञ्चालक सोम बहादुर लाल्चनले नेपालमा पहिलो पटक हुने अवार्ड कार्यक्रममा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यो कार्यक्रम भए फेरी पनि सहकार्य गर्ने समेत बताएका छन् । 

“पत्रकारिता हाम्रो शान अग्रज देखी अनुजलाई सम्मान” भन्ने मूल नारा सहित गर्न लागिएको कार्यक्रममा लाल्चन ग्रुप मार्फत सञ्चालित पाँच तारे  होटेल डवल ट्री बाइ हिल्टन पनि सोही मिडिया अवार्डमा एसोसिएट प्रायोजनमा सहकार्य गरेको लाल्चन ग्रुप लाई धन्यवाद समेत दिए । 

‘नेपाल मिडिया अवार्ड’को कार्यक्रम निर्मात्रीमा पुनम यादव रहेकी छन् । उनले यसअघि केही हिन्दी गीत निर्माण गरिसकेकी छन् भने चाँडै नेपाली र बलिउड फिल्म निर्माण गर्ने तयारीमा समेत छिन् । उनले नेपालको अवार्डलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने आफूहरूको योजना रहेको बताइन् । उनी अवार्ड कार्यक्रमलाई स्तरीय र भव्य बनाउन कुनै कसर नछाड्ने बताएकी छन् । त्यस्तै, ड्रिम हाइ नेपालका अध्यक्ष कमल जिसीले ‘ब्लूचिप’ सँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।

नेपाल पत्रकार महासंघसँगको सहकार्यमा आयोजना हुन लागेको ‘नेपाल मिडिया अवार्ड’ मा टेलिभिजन, छापा माध्यम, एफ.एम. रेडियो र अनलाइन पत्रकारिता अन्तर्गत सञ्चार माध्यम र सञ्चारकर्मीको पछिल्लो एक वर्ष यताको उपस्थिति र प्रस्तुतिलाई आधार बनाएर सम्मान प्रदान गरिने आयोजक संस्थाका प्रमुख कमल मिसिले जानकारी दिएका छन् । यो अवार्डसँग होटल एसोसिएट स्पोन्सरको रूपमा ‘डबल ट्रि बाई हिल्टन’ पनि जोडिएको छ ।

Logo